प्यूठान । झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसले चुनावी तालमेल गरि मनोनयन दर्ता गरेका छन् ।
अध्यक्षमा जनमोर्चाका टिका बहादुर जिसी र उपाध्यक्षमा कांग्रेसका प्रमोद पोख्रेलले उम्मेदवारी दिनुभएको छ ।
यसअघि माओवादी–कांग्रेस तालमेल भएको थियो । पछि प्रदेश सरकारले पद बाँडफाड गरि तालमेल गरेको थियो । अन्तिममा सहमती नभएपछि मित्रवत व्यवहारमा चुनावमा भाग लिने निर्णय भएको थियो ।
