> राष्ट्रिय > बैशाख ३ सम्म घरमै बस्नुपर्ने


बैशाख ३ सम्म घरमै बस्नुपर्ने

प्यूठान, २४ चैत ।
सरकारले कोरोना संक्रमणको महामारी हुन नदिन लक डाउनको अवधि बढाएपछि अगामी बैशाख ३ गतेसम्म घरमै बस्नुपर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समयावधि थप गरि २०७७ साल बैशाख ३ गतेसम्म लम्बाएको हो ।

यसअघि दुई पटक एक एक साता लकडाउनको समय तोकिएको थियो । लकडाउनको समयमा अत्यावश्यक वस्तुको ढुवानी सुचारु राख्ने पनि सरकारले निर्णय गरेको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले संक्रमणलाई थप फैलिन नदिई नियन्त्रणमा लिनका लागि सरकारले लकडाउनको समय थपेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *