महेश थापा
बाहाने । होटल व्यवसायी संघ नौबहिनी बजार इलाकाको अध्यक्षमा दुर्गा गिरी निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्ष पुतला केसी, सचिव पदम गिरी, कोषाध्यक्ष दुर्गा भण्डारी सहितको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
इलाकाको छैठौ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा होटल व्यवसायी संघ प्यूठानका महासचिव बसन्त भण्डारी र सदस्य सञ्जय कुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।
