> राष्ट्रिय > बाहानेमा एकीकृत स्वास्थ्य शिविर : ४९४ जनाको स्वास्थ्य जाँच


बाहानेमा एकीकृत स्वास्थ्य शिविर : ४९४ जनाको स्वास्थ्य जाँच

महेश थापा
बाहाने । नौबहिनी गाउँपालिका–६ बाहानेमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा ४९४ जनाले स्वास्थ्य जाँच गरेका छन् ।

 

आज सम्पन्न भएको दुई दिने शिविरमा यस क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सम्वन्धी विभिन्नि सेवा लिएका हुन् ।

 

शिविरमा १५४ जनाको एन्टिजिन परिक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । १९१ जनाको महुमेह(सुगर) जाँच गरिएकोमा २० जनामा महुमेह देखिएको छ । ८९ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

९७ जना महिलाको पाठेघर सम्वन्धी जाँच गरिएको छ । ४८ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ । पाठेघर खस्ने समस्या भएका ९ जनालाई उपचार गरिएको नौवहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

 

जनरल रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएको स्वास्थ्य शाखा प्रमख शर्माले जानकारी दिनुभयो ।

प्रदेश स्थापना दिवसको अवसरमा स्वास्थ्य कार्यालय प्यूठानले शिविर आयोजना गरकेो हो । शिविर सञ्चालनका लागि नौबहिनी गाउँपालिकाले समन्वय तथा व्यवस्थापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *