> समाज > प्यूठानमा सडक बन्द गर्ने प्रवृत्ति दोहोरिदै


प्यूठानमा सडक बन्द गर्ने प्रवृत्ति दोहोरिदै

प्यूठान । प्यूठान नगरपालिका वडा नं. ७ पुण्यखोलामा भएको दुर्घटनापछि मृतकका आफन्त र स्थानीयले ३ दिन सडक बन्द गरे । जसका कारण यातायात सञ्चालनमा असहजता सृजना भयो । धेरै यात्रु तथा सर्वसाधारणले आवतजावतमा समस्या झेले ।

 

पछिल्लो समय जिल्ला भित्र विभिन्न दुर्घटनापछि आफन्त र स्थानीयले सडक बन्द गर्ने प्रवृत्ति पुनः दोहोरिन थालेको छ । केहि वर्ष अघिसम्म दुर्घटनापछि सडक बन्द गर्ने कार्यमा कमी रहेकोमा पछिल्लो समय यो प्रवृत्ति बढ्दै गएको हो ।

तस्बिर सौजन्य पत्रकार एलबी थापा

मृतकका परिवारलाई क्षतिपुर्ति र दोषीलाई कारवाही गर्ने सहमति पछि शुक्रबार बेलुकादेखी बन्द सडक आईतबारदेखि खुलेको छ । बीमा बापतको ५ लाख, किरिया खर्च बापत २ लाख रुपियाँ मृतकका आफन्तलाई दिने सहमती भएपछि बाटो सुचारु भएको हो ।

 

शुक्रबार स्वर्गद्धारी क्याम्पस नजिकै लु ५७ प ३३४६ नम्वरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका रण बहादुर घर्तिको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *