राष्ट्रियसमाज

प्युठानमा १० जनाले गरे रक्तदान

अनुज पछाई
प्यूठान । प्यूठान बिकास सरोकार केन्द्रले जिल्ला अस्पताल र जिल्ला रेडक्रस सोसाइटि प्यूठान साखा संगको समन्वयनमा मंगलबार टिकुरी बसपार्कमा रक्तदान कार्यक्रम गरेको छ।


कार्यक्रममा १० जनाले रक्तदान गरेको प्यूठान बिकास सरोकार केन्द्र प्यूठानले जनाएको छ । ब्लड ब्याङक प्यूठानका इन्चार्ज सन्तोष अधिकारीका अनुसार प्यूठान नगरपालिका २ का बिकास पोख्रेल, अर्घाखाँचीका हाल प्यूठान नगरपालिका १० निबासी कुशल भट्टराई , प्यूठान नगरपालिका १ का शिब बस्नेत, प्यूठान नगरपालिका ७ का सञ्जिब पण्डित, गौमुखि गाउपालिका ५ का माधब आचार्य, प्यूठान नगरपालिका ९ का नबिन भण्डारी, मल्लरानी गाउपालिका ४ का शुशिल बिक्रम शाह, प्यूठान नगरपालिका ७ का प्रनिर अधिकारी र प्यूठान नगरपालिका ७ की शान्ति पण्डितले रक्तदान गरेका हुन ।


प्यूठान अस्पतालहरुमा बिभिन्न समयमा ’फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको प्यूठान बिकास सरोकार केन्द्रका अध्यक्ष प्रनिर अधिकारीले बताउनुभयो ।


उक्त संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुने सबैलाई अधिकारीले धन्यवाद दिनुभयो ।


कार्यक्रममा समन्वयनकारी भूमिका निर्वाह गर्ने जिल्ला अस्पताल प्यूठान र नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्यूठानलाई धन्यबाद ब्यक्त गर्नुभयो । ब्लड ब्याङक प्यूठानमा अहिले १६ पिन्ट रगत रहेको ब्लड ब्याङक प्यूठानका इन्चार्ज अधिकारीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button