प्यूठान । झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा भएको कार्यक्रमको वार्षिक प्रगति समिक्षा गरेको छ ।
समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार पालिकामा भौतिक तथा वित्तिय प्रगति चालु तर्फ ३१ करोड ४१ लाख २१ हजार १९४ विनियोजन भएकोमा २४ करोड ८६ लाख ६३ हजार ८१२ रुपियाँ खर्च गरेको छ । वित्तिय प्रगति ८२.३५ प्रतिशत र भौतिक प्रगति ८३.४७ प्रतिशत रहेको छ ।कुल बजेट ५० करोड ८४ लाख ७० हजार ४३२ मा ४३ करोड ८० लाख ६३ हजार ९ रुपैयाँ खर्च भएको थियो ।
मुख्य उपलब्धी यस्ता छन् ।
३४७ घरमा जस्तापाता लगाइ खरको छना विस्थापन गरिएको ।
त्यसैगरी उपभोक्ता समिति मार्फत २२० योजना तथा कार्यक्रम सम्पन्न भएको ।
ठेक्काबाट २२ योजना सम्पन्न भएको ।
रोजगार तर्फ १४० योजनामा ३९७ जनाले रोजगार पाएको ।
समयमै सबै रकम भुक्तानी भएको ।
गाउँपालिका तथा वडा कार्यालयको प्रशासनिक भवन ७ र ८ वडा बाहेक सबै पूरा भएको ।
१३ हजार ८५१ मिटर नयाँ ट्रयाक खोलिएको ।
६ हजार १७५ मिटर मोटर बाटो स्तरउन्नती गरिएको ।
समिक्षामा जनप्रतिनिधि, राजनीतकि दल, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाको सहभागीता थियो । समिक्षामा उठेका प्रश्न तथा जिज्ञासा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जवाफ दिँदै प्रष्ट पार्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले समग्र झिमरुकको समृद्धिका लागि पालिकाले काम गर्दै आएको बताउनभुयो । पुरा नभएका अधुरा योजना क्रमशः पुरा हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रवक्ता एवं वडा नं.५ का अध्यक्ष टिका जिसीले गाउँपालिका तथा वडा पालिकासँग सम्वन्धित विषयमा तत्काले सुझाव दिने वानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । जसले गर्दा कार्यसम्पादनमा सहजता आउने उहाँको भनाई छ ।
