> राष्ट्रिय > भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना परिक्षण हुने


भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना परिक्षण हुने

प्यूठान, १९ चैत्र ।
प्रदेश नं. ५ का भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना भाईरसको परीक्षण हुने भएको छ । संघीय सरकारको सहयोगमा भैरहवामा र प्रदेश सरकार आफैले दाङ र नेपालगञ्जमा कोरोना परीक्षणका लागि प्रयोगशाला बनाउदैंछ ।

प्रयोगशालाको लागि आवश्यक सामाग्रीहरु केहि आइसकेको र केहि ल्याउने क्रममा भएकाले एक साताभित्र संचालनमा आउने प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

प्रयोगशाला नहुँदा आईसोलेसनमा राखिएका विरामीको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाउनु पर्ने बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *