> राष्ट्रिय > नेपालगञ्जमा थप ९ संक्रमित


नेपालगञ्जमा थप ९ संक्रमित

प्यूठान, २१ बैशाख ।
नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । पाँच जना पुरुष र चार जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमितहरु ७ वर्षदेखि ५८ वर्ष उमेर सम्मका रहेका छन् । त्यसैगरि पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यससँगै देशभर संक्रमितको संख्या ६९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *