> समाज > स्वास्थ्यकर्मीलाई स्थलगत अनुशिक्षण पूर्वतयारी तालिम


स्वास्थ्यकर्मीलाई स्थलगत अनुशिक्षण पूर्वतयारी तालिम

प्यूठान, ६ पुस । समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम अन्तरगत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि स्थलगत अनुशिक्षण पूर्वतयारी तालिम शुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा आईतवारदेखि दुईदिने तालिम अयोजना गरिएको हो ।  ज्ञानशिपको अभिवृद्धि गर्दै नवजात शिशुको जाँच तथा व्यवस्थापनमा सुदृढ ल्याउने लगाएत उद्येश्यले तालिम आयोजना गरिएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

‘नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापनमा स्वास्थ्यकर्मीले अनुभव गरेका समस्याहरु प्हिचान गर्न र समाधानका लागि संयूक्त कार्ययोजना बनाउन समेत तालिमले सहयोग गर्ने छ’ उहाँले भन्नुभयो । जिल्लाका ९ स्थानीय तहका ११ जना स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको हो ।

तथ्याकं अनुसार १ वर्षमा २८ दिन भित्रका १३ हजार नवजात शिशुको विभिन्न समस्याले मृत्यू हुँदै आएकोछ । त्यसको एक तिहाई नवजात शिशु २४ घण्टा भित्र मृत्यूहुने तथ्याकं छ । मृत्यूदर अन्तरगत समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रमले ७८ प्रतिशत मृत्यूदर घटाउने लक्ष्य राखेको स्वास्थ्य प्रमुख सुवेदीको भनाई छ ।

तालिममा स्वास्थ्य कार्यालय प्यूठानका नवजात शिशु तथा बालरोग एकिकृत व्यवस्थापन कार्यक्रम सम्वद्ध व्यक्ति पुष्कल प्रसाद श्रेष्ठ, जनस्वास्थ्य नर्स रिता न्यौपाने र सुआहारा प्यूठानका स्वास्थ्य तथा पोषण अधिकृत बीर बोहोराले सहजीकरण गर्नुभएकोछ । जिल्लामा स्वास्थ्य कार्यालय संगै सुआहारा कार्यक्रम तथा साझेदार संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले स्वास्थ्य तथा पोषण सुधारका लागि विभिन्न कार्यक्रमहरुमा साझेदारी गरि कार्यक्रम गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *