प्यूठान, ९ कात्तिक । बडादशैको आज नवौं दिन दुर्गा भवानीको पुजा आरधना गरि मनाइदैछ ।
प्यूठानका विभिन्न कोटघरमा पुजा आजा गरिदैछ ।
प्यूठानको भित्रिकोट, विजुलीकोट, तुषाराकोट, खैराकोट लगायत कोटहरुमा पुजाआजा गर्ने गरिन्छ । तर यस वर्ष कोरोना महामारीको जोखिमका कारण सामान्य पुजाआजा भएपनि मेलापर्व भने भएका छैनन ।
जिल्ला प्रशासन कार्यालय प्यूठानले कोरोना जोखिमबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै आएको छ ।