प्यूठान, १२ आश्विन । बिश्व पर्यटन दिवश तथा अन्र्तराष्ट्रिय सुचनाको पहुच दिवशको अवसरमा आज जिल्लाको पर्यटकिय स्थल मल्लरानीमा बेलुन उडाएर दिवश मनाईएको छ ।
जिल्लाको १ सय ओटा पर्यटकिय स्थलहरुको नाम बेलुनमा लेखेर उडाइएको पर्यटन पत्रकार प्यूठानको अध्यक्ष शशिधर भण्डारले जानकारी दिनु भएको छ ।
नेपाल पर्यटन पत्रकार जिल्ला साखा प्यूठानको आयोजना तथा जिल्ला पत्रकार महाँसंघ प्यूठानको अध्यक्ष महाबिर राना लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागितामा उक्त दिवश मनाईएको हो ।