प्यूठान – नेपालमा थप १८९ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत नेपालमा शनिवार थप १८९ जना कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ ।
यस्तै शनिवार थप १३ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २१९ पुगेको छ । ६ जनाको भने कोरोना कै कारण मृत्यु भइसकेको छ ।
