प्यूठान, १० चैत्र ।
प्यूठान ‘लक डाउन’ भएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न अत्यावश्यक बाहेक सवै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिनुभयो ।
त्यस्तै संक्रमणबाट सचेत रहि अत्यावश्यक बाहेकका सबै व्यापारिक केन्द्रहरु बन्द हुने प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।
आईतबार भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेका निर्णयहरु ः
- अन्तर जिल्ला यातायात संचालन बन्द ।
- दरभानमा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गर्ने ।
- अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने ।
- अत्यावश्यक बाहेक घरबाट ननिस्कने ।
- मुलकका अन्य स्थान र विदेशबाट नेपाल आउनेहरु घरमै सुरक्षितसँग बस्ने । अन्य व्यक्तिहरुसँग भेटघाट नगर्ने ।
