प्यूठान, १ श्रावण । प्रविधिमैत्री शिक्षक समाज नेपाल प्यूठानबाट सञ्चालित दोस्रो चरणको तालिम सम्पन्न भएको छ ।
योजनाबद्ध रुपमा सञ्चालन गरेको दोस्रो चरणको एक हप्ते तालिमको विहिवार अनलाइनबाटै समापन गरिएको हो । पछिल्लो ७ दिने तालिममा विद्यार्थी परिचयपत्र निर्माण , मागफाराम तथा तलवी भरपाई निर्माण र एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली अपडेटको विषयमा तालिम केन्द्रित रहेको प्रविधिमैत्री शिक्षक समाज नेपाल प्यूठानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
प्रविधिमैत्री शिक्षक समाज, नेपाल प्यूठानका अध्यक्ष ध्रुब गिरीको सभापतित्वमा सञ्चालित समापन कार्यक्रमको सञ्चालन सचिव ज्ञानहरि रिजालले गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपति बस्यालले शिक्षक प्रविधिमैत्री बनेमा मात्रै प्रविधियुक्त कक्षाकोठा हुनसक्ने, प्रविधिका पूर्वाधार राज्यले विद्यालयमा पूरा गरेमा शिक्षकहरुले सिकेका सीप वालवालिकासम्म पु¥याउन सक्ने भएकाले सबैले आआफ्नो ठाउँबाट प्रविधिको शिक्षामा प्रयोग गर्न लाग्नुपर्ने कुरा औल्याउदै बिना बाटोमा बस हाक्न निर्देशन गर्नुभन्दा बाटो बनाए बस गुडाउने हिम्मत शिक्षकमा भएको भन्दै उदाहरण दिनुभयो । अगाडी थप्दै भन्नुभयो प्रविधिमैत्री शिक्षक समाज प्यूठानका कार्यक्रम सञ्चालन गर्न मल्लरानी गाउँपालिकाले ल्यापटप र जुम किन्न सहयोग गरेको नेपालकै पहिलो उदाहरण भएकोले मल्लरानी गाउँपालिकाको सिको गर्न नेपालकै पालिकालाई आग्रह गर्नुभयो । यसैगरी नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय महासचिव चक्रपाणि पौडेलले प्रविधिमैत्री शिक्षक समाज प्यूठानले सञ्चालन गरेको अनलाइन तालिम उपयोगी र सान्दर्भीक भएको औल्याउदै समय सापेक्ष शिक्षक प्रविधिमा अपडेट वा तयार भएर मात्रै वास्तविक सिकाई गर्न सकिने यसकालागि यस्ता तालिम अपरिहार्य भएको कुरा व्यक्त गर्नुभयो । यसैगरी स्वर्गद्धारी नगरपालिकाका शिक्षा प्रमुख अनिल पाण्डेले तालिम सान्दर्भिक र युग सुहाउदो भएकोले सबै शिक्षकहरुलाई जोडिन आग्रह गर्नुभयो यस्तै झिमरुक गाउपालिकाका शिक्षा अधिकृत मोहन बि.सी.ले शिक्षकमा प्रविधिको सीप विकासमा प्रविधिमैत्री शिक्षक समाजले उल्लेख्निय भूमिका निर्वाह गरेको कुरा वताउदै आगामी दिनमा आवश्यक सहयोग गर्ने कुरा वताउनु भयो । संस्थाका महिला उपाध्यक्ष जयन्ता घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको तालिम समापन कार्यक्रमको व्यानर शेयर उपाध्यक्ष कृष्णविक्रम शाहले गर्नुभएको थियो । सिकाइ सामग्रीको प्रर्दशन पोखराबाट मेगशरी गुरुङ र प्यूठानबाट जानका के.सी.ले गर्नुभएको थियो ।
समापन कार्यक्रममा प्रशिस प्राविधिक समिति प्रदेश नं ५ का संयोजक प्रभात सुवेदी, केन्द्रीय सदस्य भक्तिप्रसाद उपाध्याय , जनता मा वि वाग्दुलाका प्र.अ. इन्द्रमणि पौडेल, अखिल नेपाल शिक्षक संघ प्यूठानका अध्यक्ष अर्जुन बहादुर के.सी.,शिक्षक महासंघ प्यूठानका सचिव जानका के.सी, शिक्षक महासंघ ऐरावती गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर के.सी. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अन्तमा कार्यक्रमको समापन गर्दै सबै पालिका तथा शिक्षा विकास तथा समन्वय इकाई र शिक्षकका पेशागत संगठनको सहयोग र समन्वयमा प्रविधिमैत्री शिक्षक समाज प्यूठानले अर्को अनलाईन तालिमको कार्ययोजना बनाई पुनःतालिम सञ्चालन गर्ने कुराको जानकारी अध्यक्ष ध्रुब गिरीले गराउनुभयो । सञ्चालित तालिममा प्र्त्येक दिन ९० जनाभन्दा बढी शिक्षकको उपस्थिति रहेको थियो ।
प्रविधिमैत्री शिक्षक समाज प्यूठानले २०७७ बैशाख १२ देखि निरन्तर रुपमा शिक्षकहरुमा प्राविधिक क्षमताको विकास गर्ने उद्धेश्यले निःशुल्क रुपमा अनलाइन तालिम सञ्चालन गर्दै आएको थियो ।
