> राष्ट्रिय > प्यूठानमा संक्रमितको संख्या ७३ पुग्यो, थपिए १८ जना


प्यूठानमा संक्रमितको संख्या ७३ पुग्यो, थपिए १८ जना

प्यूठान, ३ असार । प्यूठानका कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या ७३ पुगेको छ ।

आज विहानसम्म प्राप्त थप पिसिआर नतिजा अनुसार संक्रमितको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार माण्डवी गाउँपालिकाका ९ जना, नौबहिनी गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना र स्वर्गद्धारी नगरपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *