सलह किराबारे जानकारी लगायत व्यवस्थापन विधिहरु….
- झुन्डमा हिँड्ने अत्यन्तै गतिशिल फट्याङ्रा जस्तै कीरा
- मुख्य रुपमा हाम्रो देश तिर आउने प्रजातिः मरुभुमीको सलह
- ठुलो समुहमा हिड्ने भएकोले अत्यधिक क्षति गर्ने, लगभग सबै प्रजातिको बाली नष्ट गर्ने
- सलहको सानो झुन्डले पनि एक दिनमा १० हात्ती, २५ उँट अथवा २५०० मानिस बराबरको भोजन नष्ट गर्छ।
- यिनीहरुको गति १६(१९ किमी प्रति घन्टा हुन्छ जुन हावाको गतिले पनि निर्धारण गर्दछ। यिनीहरुको झुन्ड ५(१३० किमी अथवा अझ
- बढि प्रतिदिन यात्रा गर्न सक्छ।
- सामान्यत रातको समयमा सलहहरु उड्दैनन।
- यिनीहरुको झुन्ड १ बर्ग किमी छेत्रफल देखी सयौं बर्ग किमी सम्मको हुन सक्छ।
- एक बर्ग किमी छेत्रफलमा ४ करोड देखि ८ करोड बयस्क सलह हुन सक्छन्।
- सलहले नाङ्गो चिसो जमिनमा माटोको सतहबाट १०(१५ सेमी तल मुख्यत बलौटे खालको माटोमा अन्डा पार्दछ।
.ब्यवस्थापनका तरीकाहरु
- अल्ट्रा लो भोल्युम स्प्रेयरको मद्दतले क्लोरोपाईरिफोस, साईपरमेथ्रिन, फेनवल, मालाथियन जस्ता विषादिहरु छर्ने
- गाउँघरमा पाईने निम, तितेपाती, बकाईनो, बोझो, खुर्सानी जस्ता बस्तुहरु प्रयोग गरी धुवाँउने
- बालीलाई नियमित रुपमा सिचाई गरिरहने
- सलहको झुन्डलाई टिन अथवा थाल ठटाएर अथवा लौरोहरु प्रयोग गरी यत्रतत्र पारिदिने
- सलहको झुन्डलाई जाली जस्तै पासोमा पार्ने र यसलाई कुखुराको आहारको रुपमा पनि प्रयोग गर्न सकिने र कैयौं देशहरुमा त मानव
- भोजनको रुपमा प्रयोग गर्ने गरेको पनि पाईन्छ।
Agri Fact Nepal को फेसवुक पेजवाट साभार
