प्यूठान । पर्यटकीय क्षेत्र मल्लरानीमा खाना महोत्सव शुरु भएको छ । स्थानीय खानाका विभिन्न परिकारको स्वाद लिदैं सांगीतिक कार्यक्रममा नयाँ वर्ष २०८३ मनाउने गरि खाना महोत्सव शुरु भएको हो ।
चौथो मल्लरानी फुड फेस्टिवल २०८३ नाम दिइएको यस मेलामा नेवारी, मगर जातिका परम्पगत खानाका परिकारक स्टल राखिएको छ । महोत्सवको अवसरमा लोक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ ।
स्थानीय परम्परागत कला संस्कृति र झाकीहरु प्रस्तुत गरिएको छ । महोत्सव स्थलमै नेपाल टेलिकमले निशुल्क सिमकार्ड बितरण गरिएको छ । स्थानीय उत्पादनका सामाग्री सहित प्युठानी बाघमुखे चुलेसीको बिक्री तथा प्रदर्शनमा राखिएको छ ।
प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले मेलाको आयोजना गरेको हो । दुई दिन सम्म चल्ने मेलाको एक कार्यक्रमका बीच मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले उद्घाटन गर्नुभयो ।

