> समाज > प्यूठानमा १६ केन्द्रबाट ४३८५ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै


प्यूठानमा १६ केन्द्रबाट ४३८५ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

प्यूठान । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ हजार ३८५ विद्यार्थी सम्मीलित हुँदैछ्न । जसमध्य ८ वटा विद्यालयका १६४ जना परीक्षार्थी प्राबिधिकधार तर्फका रहेका छ्न ।

 

सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको शिक्षा बिकास तथा समन्वय इकाइ प्यूठानका प्रमुख दुर्गा खड्काले जानकरी दिनुभयो । केन्द्राध्यक्षहरुका लागि अभिमुखिकरण कार्यक्रमको तयारी भइरहेको उहाँले बताउनुभयो ।

 

परीक्षा संचालनका लागि १६ वटा केन्द्र निर्धारण गरिएको छ । गतवर्ष १७ वटा केन्द्र तोकीएकोमा विद्यार्थी संख्या कम भएकाले दुई वटा केन्द्र रहेको गंगा माबि बाहानेमा यसवर्ष एउटा केन्द्र कायम गरिएको कार्यालयले जनाएको छ ।

 

उत्तरपुस्तिका केन्द्रसम्म पुर्‍याउने कार्य सम्पन्न भएको र प्रश्न पत्र पुर्‍याउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । प्रश्न पत्रको सुरक्षा नजिकको प्रहरी युनिटले गर्नेछ ।

 

यसवर्षको एसईई परीक्षा चैत्र १९ गतेदेखि संचालन हुँदैछ ।