> समाज > माण्डवी गाउँपालिकाका नर्सिङ स्टाफलाई नवशिशु स्वास्थ्य सेवा बारे तालिम


माण्डवी गाउँपालिकाका नर्सिङ स्टाफलाई नवशिशु स्वास्थ्य सेवा बारे तालिम

प्यूठान । माण्डवी गाउँपालिकाका नर्सिङ स्टाफहरुका लागि तीन दिने मातृ तथा नवशिशु स्वास्थ्य सेवा सम्वन्धी तालिम दिइएको छ । स्वास्थ्य कार्यालय प्यूठानले तालिम संचालन गरेको हो ।

 

देविस्थान स्वास्थ्य चौकीमा संचालन गरिएको तालिममा गाउँपालिकाका पाँच वटै स्वास्थ्य संस्थाका नर्सिङ स्टाफको सहभागिता रहेको थियो । तालिमको सहजिकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेल, पब्लिक हेल्थ नर्स जानकी साउद, स्वास्थ्य कार्यालय कौशल बैद्यले गर्नुभएको थियो ।

 

तालिमले गुणस्तरीय मातृ तथा नवशिशु स्वास्थ्य सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।