प्यूठान । हलगोरु पाल्ने किसानलाई प्यूठान नगरपालिकाले अनुदान दिने भएको छ । अनुदान प्राप्त गर्न चाहने किसानहरुलाई निवेदन पेश गर्न नगरपालिकाले १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्विकृत कार्यक्रम अनुसार हलगोरु पाल्ने किसानहरुलाई अनुदान उपलब्ध गराउनका लागि सार्वजनिक सूचना आव्हान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । अनुदान वितरणका लागि नगरपालिकाले २ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
अनुदानका लागि किसानले कुनै पनि सरकारी कार्यालयबाट हाते ट्याक्टर नलिएको स्वघोषणा गर्नुपर्ने नगरपालिकाले जनाएको छ । हलगोरु सहितको लाभग्राहीको फोटो र वडा कार्यालयको सिफारिस आवेदनका साथ पेश गर्नुपर्ने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
