प्यूठान । नेकपा (माओवादी)का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदार सीता वि.क. (सम्झनाले आफुहरु क्रान्तिकारी योद्धा भएको दावी गर्नुभयो । १० वर्षे जनयुद्ध र प्रतिवन्दको समयमा २ वर्ष जेल जीवन विताएर आएका उहाँले स्मरण गर्नुभयो ।
विजुवारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आत्मसमर्पण गरेको मान्छे होइनौं हामी ।’ मृत्युको अघि जीवन समर्पण गरेर आएको उहाँले उल्लेख गर्नुभयो ।
आफु लामो संघर्ष र योगदानबाट आएको एक योद्धा भएको दावी गर्दै उहाँले स्वतन्त्रताका पक्षमा र भ्रष्टाचार विरुद्धमा लड्ने वाचा गर्नुभयो । दलित र महिला समुदायको आफु एक मात्र उम्मेदवार रहेको सम्झनाले बताउनुभयो ।
विगतका निर्वाचनहरु बहिष्कार गर्दै आएको पार्टीले यसपटक संंघर्षकै मोर्चाको रुपमा लिँदै चुनावमा सहभागी भएको छ ।
