प्यूठान । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त अङ्क सार्वजनिक गरेको छ । विभिन्न १७ वटा सूचकका आधारमा स्थानीय तहले प्राप्त गरेको अङ्क सार्वजनिक गरेको हो ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रहि अङ्क प्रदान गरिएको र चित्त नबुझेमा ७ दिन भित्र निवेदन दिन आयोगले सूचना जारी गरेको छ । प्राप्त अङ्कमा चित्त नबुझेमा ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष निवेदन दिन भनेको हो ।
यस्तो छ प्यूठानका स्थानीय तहको नतिजा :
प्यूठान नगरपालिका ६७.१५
नौबहिनी गाउँपालिका ६५.१६
गौमुखी गाउँपालिका ६४.६७
स्वर्गद्वारी नगरपालिका ६२.०४
सरुमारानी गाउँपालिका ६०.३१
झिमरुक गाउँपालिका ५८.०२
ऐरावती गाउँपालिका ५६.३२
मल्लरानी गाउँपालिका ५३.९७
माण्डवी गाउँपालिका ४५.१५

