प्यूठान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले प्रतिनिधि सभा निर्वाचन लक्षित गरेर जिल्लामा भेटघाट कार्यक्रम संचालन गरिरहेको छ ।
उम्मेदवार सहित पाँच पालिकामा पहिलो चरणको भेटघाट सम्पन्न गरिएको जिल्ला संयोजक प्रभात केसीले जानकारी दिनुभयो । झिमरुक, नौबहिनी, सरुमारानी, ऐरावती र माण्डवी गाउँपालिकामा भेटघाट कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो ।
भेटघाट कार्यक्रममा पार्टी तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार कृष्णध्वज खड्का, समानुपातिक तर्फ उम्मेदवार उमा शर्मा, पार्टी नेताहरु नारायण प्रसाद अधिकारी, कृष्ण अधिकारी, जिल्ला संयोजक प्रभात केसी, सहसंयोजक भोजविक्रम बुढा लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।
भेटघाटमा जेनजी आन्दोलन पछि उत्पन्न परिस्थिति, आसन्न निर्वाचन लगायतका विषयमा छलफल भएको नेकपाले जनाएको छ ।











