> राजनीति > ‘सन्तुलन मिलाउनुपर्ने’ भन्दै नेकपा नेता बुढाले पोखे असन्तुष्टि


‘सन्तुलन मिलाउनुपर्ने’ भन्दै नेकपा नेता बुढाले पोखे असन्तुष्टि

प्यूठान । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनौटको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी प्यूठानका सह–संयोजक भोजविक्रम बुढाले असन्तुष्टि व्यक्त गर्नुभएको छ । फेसवुकमा स्टाटस लेख्दै उहाँले ‘सन्तुलन मिलाउनुपर्ने’ धारणा राख्नुभएको छ ।

 

पार्टीलाई अनुरोध गर्दै उहाँले फेसवुकमा लेख्नुभएका छ, – ‘प्यूठान जिल्लाको समानुपातिक उम्मेदवार पूर्व माओवादी केन्द्रको उमा शर्मा अधिकारी भइसक्नु भएकोले प्रत्यक्ष तर्फ डा. भोजविक्रम बुढा मगरलाई उम्मेदवार बनाउँदा राजनीतिक सन्तुलन हुनुका साथै सामाजिक, लैङ्गिक र भौगोलिक कलस्ट पनि सन्तुलन हुन्छ, किनकी उमा प्यूठानको लक्षिण भाग प्रदेश सभा १ ‘क’को हुनुहुन्छ भने भोजविक्रम उत्तरी भेग प्रदेश सभा १ ‘ख’को भएकोले सबै सन्तुलन मिल्ने भएकोले समानुपातिक मत बढ्ने पनि निश्चित छ ।’

 

पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कृष्णध्वज खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भोजविक्रमलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिममा खड्कालाई पार्टीले आधिकारिक उम्मेदवार बनाएको हो ।