> समाज > मोटरसाइकल दुर्घटनामा खलंगा बुढाचौरका युवाको ज्यान गयो


मोटरसाइकल दुर्घटनामा खलंगा बुढाचौरका युवाको ज्यान गयो

प्यूठान । मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवाको ज्यान गएको छ । २८ वर्षिय विराट सुनारको ज्यान गएको हो ।

 

बागमती प्रदेश ००३ प १६२२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका हो । गएराति बजारबाट घर जाँदै गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

 

घर नजिकै दुर्घटना भई मृत्त अवस्थामा फेला परेपछि आईतवार स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।