प्यूठान । नेकपा (एमाले) प्यूठानका जनसंगठनहरुले चुनाव लक्षित कार्ययोजना तयार गरेका छन् । शनिवार पार्टी जिल्ला कार्यालय विजुवारमा भएको संयुक्त भेलाले कार्ययोजना निर्माण गरेको हो ।
जनसंगठन संयन्त्रका संयोजक तथा पार्टी जिल्ला अध्यक्ष बिजयबिराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य सुर्य थापा प्रमुख अतिथि रहनुभएको थियो ।
जनसंगठनहरुको छुट्टाछुट्टै अन्तरक्रिया तथा छलफल पछि संयुक्त रुपमा कार्ययोजना पेश गरिएको जनसंगठन संयन्त्रका सचिव नेगन सिंह कुवरले जानकारी दिनुभयो । युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, प्रेस चौतारी, ट्रेड युनियन, किसान महासंघ, उद्योगी व्यवसायी महासंघ, निर्माण परिषद्, जनजाति महासंघ, जातिय मुक्ति समाज लगायतका जनसंगठनहरुले निर्वाचन लक्षित कार्ययोजना बनाएको उहाँले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा विघठित प्रतिनिधि सभा सदस्य सूर्य थापालाई उम्मेदवार बनाएको छ ।
