> समाज > ऐरावती, मल्लरानी र प्यूठान नगरपालिकामा एमालेको अगुवा कार्यकर्ता भेटघाट


ऐरावती, मल्लरानी र प्यूठान नगरपालिकामा एमालेको अगुवा कार्यकर्ता भेटघाट

प्यूठान । नेकपा एमाले प्यूठानले शुक्रवार जिल्लाका तीन पालिकामा अगुवा कार्यकर्ता भेटघाट गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गरि उम्मेदवार सूर्य थापा सहित भेटघाट कार्यक्रम गरिएको एमालेले जनाएको छ ।

 

ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकामा अगुवा कार्यकर्ता भेटघाट गरिएको पार्टी जिल्ला सचिव इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो । योसँगै जिल्लाका ६ वटा पालिकामा भेटघाट सम्पन्न गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश सचिवालय सदस्य तुल्सीराम शर्मा, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी, पालिका तथा वडाका पदाधिकारी तथा सदस्यहरुको उपस्तिथि रहेको थियो ।

 

भेटघाट कार्यक्रमको अवसरमा फागुन २१ गते हुने निर्वाचनका बारेमा समेत छलफल भएको एमाले प्यूठानले जनाएको छ ।