प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाका तीन पालिकामा अगुवा कार्यकर्ता भेटघाट गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापा सहित भेटघाट कार्यक्रम गरिएको एमालेले जनाएको छ ।
२०७९ सालको निर्वाचनमा प्यूठानी जनताले ५ वर्षे कार्यकालका लागि जिम्मेवारी सुम्पे पनि ३३ महिनाको छोटो अवधिमै पुनः जनता माझ आउनु परेको कारण र आगामी मार्गचित्र बारे छलफल गरिएको एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । २०७० सालदेखि एमालेले संघीय र प्रदेश सदनमा जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधिको अगुवाईमा भए गरेका काम बारे समिक्षा समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
भेटघाट कार्यक्रमको अवसरमा फागुन २१ गते हुने निर्वाचनका बारेमा समेत छलफल भएको एमाले प्यूठानले जनाएको छ ।











