प्यूठान । आगामी प्रतिनिधि सभा निर्वाचनका मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली प्रकाशन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको हो ।
उम्मेदवार विरुद्धमा उजुरी नपरेको कार्यालयले जनाएको छ । जम्मा १४ जनाले मनोनयन गर्दा गरेका थिए ।
भोलि शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन तालिका छ ।











