> आर्थिक/बिकास > राष्ट्रसेवक सहकारीको २० औ साधारण सभा सम्पन्न, ५७ लाखको वार्षिक कारोवार


राष्ट्रसेवक सहकारीको २० औ साधारण सभा सम्पन्न, ५७ लाखको वार्षिक कारोवार

प्यूठान । राष्ट्रसेवक बहुउद्देश्यीय सरकारी सस्था लिमिटेड खलंगा प्यूठानको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गोपाल प्रसाद नकर्मीको अध्यक्षता नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यता र संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष टुकबहादुर रोकाको विशेष आतिथ्यतामा जिल्ला समन्वय समितिको सभाहलमा साधारण सभा भएको हो ।

 

राष्ट्रसेवक कर्मचारीहरुको अगुवाईमा स्थापना गरिएको सहकारी राज्य पुनः संरचनाको कारण कर्मचारी विकेन्द्रीत हुँदा सदस्य संख्यामा असर पुगेको अध्यक्ष गोपाल प्रसाद नकर्मीले बताउनुभयो । राष्ट्रसेवक कर्मचारीहरुलाई सहकारीमा आवद्धता गराउनका लागि साधारण सभाले पालिका स्तरीय योजना बनाएको छ ।

 

साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार आ.व. २०८१/८२ मा सहकारीले ५७ लाख ८५ हजार ८५३ रुपैंयाको कारोवार गरेको छ । ६ करोड ८७ लाख ३७ हजार ९९८ रुपैया ७० पैसाको सम्पत्ती तथा दायित्व विवरण कोषाध्यक्ष सित्तल आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

 

सचिव पिताम्बर भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार बहुउद्देश्यीय सहकारीको मर्म अनुसार विषयगत कार्यक्षेत्र छनौटका लागि हरि पौडेलको संयोजत्वमा समिति गठन गरिएको छ । अध्ययन समितिको सदस्यहरुमा टुकबहादुर रोका, दिनेश केसी, मोचि आचार्य र विष्णुबहादुर बस्नेत रहनुभएको छ । त्यस्तै साधारण सभाले शेयर सदस्यहरुलाई उपचारमा सहुलियतका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थासँग साझेदारीका लागि अध्ययन समिति गठन गरेको छ । दलबहादुर केसीको संयोजकत्वमा गठित समितिको सदस्यमा थानेश्वर न्यौपाने र बन्दना शाक्स रहनुभएको छ ।

 

सहकारीमा ३६० जना शेयर सदस्य रहेका छन् ।