प्यूठान । नेपाल जुनियर रेडक्रस सर्कल जनता मावि बड्डाडाको आयोजनामा बाल विवाह न्युनिकरण सम्वन्धी वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा वालविकास मावि गनाहाका परि विश्वकर्मा प्रथम, सरस्वती मावि बाङ्गेसालकी सूचना रावत द्वितिय, नेरामावि हंसपुरकी विनिता दमै तृतिय र जनता मावि बड्डाडाकी सपना पुनले सान्त्वना स्थान हाँसिल गर्नुभयो ।
जुरेस अध्यक्ष निराजन गाहा मगरकाे अध्यक्षता, सरूमारानी गाउँपालिकाका प्रवक्ता एवं ४ नं. वडाध्यक्ष चिन्त साेमै मगरकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष देविराम रेस्मी मगर, पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयका रेडक्रस शिक्षक नायकहरू र प्रतियोगीहरुको सहभागिता रहेको थियो ।
प्रतियाेगितामा स्वागत मन्तव्य शिक्षक नायक शरद पाेखरेलले राख्नुभएको थियो भने संचालन सहायक प्रधानाध्यापक राजकुमार गुरूङले गर्नुभएको थियाे ।
