> समाज > व्यस्त रहने सडक छेऊमा राखियो ‘ट्राफिक चिन्ह’ बोर्ड


व्यस्त रहने सडक छेऊमा राखियो ‘ट्राफिक चिन्ह’ बोर्ड

प्यूठान । अति व्यस्त रहने बजार क्षेत्रमा सडक सुरक्षाका लागि ट्राफिक चिन्ह राखिएको छ । विजुवार चोक र भौकामा ‘बजार क्षेत्र गति सिमित’ र ‘हर्न निषेध’ सम्बन्धी आदेशमुलक ट्राफिक चिन्ह राखिएको हो ।

 

इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरीक्षक मिलन पाण्डेयको नेतृत्वमा अस्थायी ट्राफिक पोष्ट विजुवारका प्रहरी सहायक हवल्दार लछुमान गिरी र प्रहरी जवान जीवराज गिरी सहितको टोलिले सन्देशमुलक बोर्ड राखेको हो ।

 

दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षामा विशेष ध्यान दिन सचेतनामुलक कार्य अन्तरगत व्यस्त क्षेत्रमा चिन्ह राखिएको जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव निरिक्षक शम्भु धिताल जानकारी दिनुभयो ।