> Uncategorized > निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत, प्यूठानमा को ?


निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत, प्यूठानमा को ?

प्यूठान । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ प्रयोजनका लागि निर्वाचन अधिकृत तोकेको हो ।

 

आयोगले देशभरका १६५ निर्वाचन क्षेत्रको जिम्मेवारी सहित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेकोे छ । प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान जिल्लामा हिरण्यप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

 

भण्डारी प्यूठान जिल्ला अदालतका जिल्ला न्यायाधीश हुनुहुन्छ ।