> खेलकुद > पालिका स्तरीय रनिङशिल्ड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण


पालिका स्तरीय रनिङशिल्ड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

प्यूठान । सरुमारानी गाउँपालिकाले संचालन गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता समुहलाई पुरस्कार वितरण गरिएको छ ।

 

प्रतियोगितामा २१ पदक सहित सरस्वती माध्यमिक विद्यालय बाङ्गेशालले प्रथम स्थान, १५ पदक सहित ऐरावती इङ्गलिस बोर्डिङ स्कुलले दोश्रो र सत्य माध्यमिक विद्यालय ददेरीले १६ पदक सहित तेश्रो स्थान हाँसिल गरेको थियो ।

 

गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माको अध्यक्षत र संविधान सभा सदस्य धनबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्का, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र प्रतियोगितामा सहभागी विद्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको गाउँपालिकाका प्रवक्ता चिन्त सोमैले जानकारी दिनुभयो ।