> खेलकुद > पालिका स्तरीय खेलकुद प्रतियोगितामा खरा माबि प्रथम


पालिका स्तरीय खेलकुद प्रतियोगितामा खरा माबि प्रथम

प्यूठान । गौमुखी गाउँपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगितामा खरा माध्यमिक विद्यालय रजवाराले प्रथम स्थान हाँसिल गरेको छ । शनिबार सम्पन्न छैठौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा विद्यालय प्रथम भएको हो ।

 

खरा माबिले ११ स्वर्ण, ४ रजत र ५ कास्य सहित २० पदक जितेर प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ८ कास्य सहित २५ पदक जितेर गौमुखी माध्यमिक विद्यालय ठूलावेशीले द्धितिय स्थान स्थान प्राप्त गरेको छ ।

 

अर्खा माध्यमिक विद्यालय अर्खाले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी १२ पदक जितेर तृतिय स्थान हाँसिल गरेको छ । प्रतियोगितामा ७ माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।

 

यसवर्षको प्रतियोगितामा अमृतजीवन माध्यमिक बिद्यालय नारिकोटले १२, महेन्द्र माध्यमिक विद्यालय पुजाले ११, भृकुटी माध्यमिक विद्यालय लिवाङले ११ पदक जित निकालेका छन् ।