> खेलकुद > माण्डबीमा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु


माण्डबीमा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु

प्यूठान । माण्डबी गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता मार्सिवाङ खेलमैदानमा शुरु भएको छ ।

 

प्रतियोगिता अन्तरगत पालिका स्तरीय कृकेट र भलिबल खेल संचालन हुनेछ । प्रतियोगितामा प्रत्येक वडाबाट पुरुष, महिला भलिबल र पुरुष कृकेट गरि १५ समुहको सहभागीता रहेको छ ।

 

एक कार्यक्रमका बिच संबिधान सभा सदस्य नारायण प्रसाद अधिकारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

 

पालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य ३ नं. वडाध्यक्ष धनेन्द्र कार्की र संचालन ध्रुब पोख्रेलले गर्नुभएको थियो ।