प्यूठान । नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको चौथो जिल्ला अधिवेशनबाट थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
जसको उपाध्यक्षहरुमा कमल परियार, जगत जिसी, बिजुला जिसी, प्रथम गुरुङ, बसन्तलाल पुरी, अस्मिता बुढाथोकी रहनुभएको छ । सचिव शेरसिंह थापा मगर र कोषाध्यक्ष अर्जुन न्यौपाने रहनुभएको समितिको सहसचिबहरुमा केशव केसी, जानबहादुर पुन, लक्ष्मी न्यौपाने, केशव पुन रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा मिनबहादुर जिसी, यज्ञबहादुर केसी, भगवती दाहाल, तुलसा न्यौपाने, अनिल पन्थी, प्रवेश धामी, शान्ति राना र राधिका शाह रहनुभएको छ ।
केन्द्रीय प्रतिनिधिहरुमा कौशल राज वैद्य, पुष्कल श्रेष्ठ, दोर्ण बुढाथोकी, गणेश केसी, विष्णु थापा, यशोदा वैद्य, हरिप्रसाद जैसी, रेशम थापा र रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । अधिबेशनले स्वर्गद्वारी नगरपालिका संयोजकमा हेमराज पौडेल, नौबहिनी गाउँपालिका संयोजकमा खिमविक्रम केसी, गौमुखी गाउँपालिका संयोजकमा एलिना थापा, मल्लरानी गाउँपालिका संयोजकमा हरिष श्रेष्ठ, ऐरावती गाउँपालिका संयोजकमा महेन्द्र राउतलाई चयन गरेको छ ।
नेपाल स्वास्थ्यकर्मी संघ नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन हो ।
