प्यूठान । तिहार पर्वको समयमा नियमित भन्दा ब्यबसाय अधिक हुने भएकाले दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन प्यूठान उद्योग वाणिज्य संघले ब्यबसायिहरुलाई आग्रह गरेको छ ।
दैनिक उपभोग्य वस्तु तथा सामाग्रीहरुको खरिद विक्रि तुलनात्मक रुपमा भन्दा बढि हुने भएको हुँदा उपभोक्ताहरुलाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने संघले आग्रह गरेको हो ।
बिगतका वर्षहरुमा जस्तै नियमित व्यवसायमा भन्दा विशेष छुट सुविधा उपलब्ध गराउन समेत आग्रह गरिएको संघका अध्यक्ष सन्देश आचार्यले बताउनुभयो ।
उपभोक्ताहरुको जनस्वास्थ्यलाई समेत मध्यनजर गरि दैनिक उपभोग्य बस्तुहरु खरिद तथा विक्रि वितरण गर्दा प्याकेजिङ्ग गरिएको वस्तुहरुको लेबलमा उत्पादकको नाम, उत्पादन मिति, उपभोग्य अवधि भएका वस्तुहरुको मात्र कारोवार गर्न संघले आग्रह गरेको छ ।
संघले स्थानीय कृषकले उत्पादन गरेको फुल र मालाको उपभोगमा जोड दिदै प्लाष्टिक जन्य फुल मालाको ब्यबसायलाई निरुत्साहित गर्ने उल्लेख गरेको छ ।
