प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले चाडवाड लक्षित सुरक्षा योजना बनाएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताउनुभएको छ । प्यूठान प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै जिल्लाका संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सर्बपक्षिय समन्वयमा कार्यसम्पादन गर्ने उल्लेख गर्नुभयो ।
चाडवाडको समयमा सुरक्षा चुनौती थप हुने भएकाले त्यस अनुरुपको सुरक्षा योजना बनाई कार्यान्वयन अघि बढाएको उहाँको भनाई छ ।
चाडवाडको बेला सडक ब्यस्ततालाई ध्यानमा राख्दै जिल्लामा ट्राफिक ब्यबस्थापनमा समेत विशेष ध्यान दिने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले राजस्व जम्मा गर्ने मात्र नभएर सचेतना समेत महत्त्वपुर्ण हुने उहाँको भनाई थियो ।
प्रहरी कार्य भनेको सेवा भएकाले सेवाको सहजीकरण गर्न मातहतका युनिटहरुलाई निर्देशन दिएको बताउदै उहाँले समाजमा अपराधिक घटना हुन नदिन सदैब सचेतता अपनाउनु पर्ने उहाँले बताउनुभयो ।
जिल्लामा आत्महत्याका घटना अधिक हुने भएकाले त्यसको न्यूनीकरणका लागि कार्ययोजना बनाउने उहाँले बताउनुभयो ।











