> समाज > प्रशासन कार्यालय प्यूठानमा आप्रवासन श्रोत केन्द्र स्थापना


प्रशासन कार्यालय प्यूठानमा आप्रवासन श्रोत केन्द्र स्थापना

प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानमा आप्रवासन श्रोत केन्द्र स्थापना गरिएको छ । बैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई सुरक्षित यात्राका लागि परामर्श दिन श्रोत केन्द्र स्थापन गरिएको छ ।

 

बैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि बैदेशिक रोजगार वोर्ड, काउन्सीलर विभागले विभिन्न सेवामुलक कार्यहरु गर्दै आए पनि यसका बारेमा सबैलाई जानकारी नहुने भएकाले श्रोत केन्द्र स्थापना गरिउको बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत विष्णु अर्यालले बताउनुभयो । ‘सबैभन्दा पहिले सीप सिकेर जान सुझाव दिन्छौं ।’ ,उहाँले भन्नुभयो, ‘कानुनी प्रक्रिया, श्रम स्विकृति, मनोसामाजिक परामर्श जस्ता विषयमा परामर्श दिन्छौं ।’

 

विदेशमा जुनसुकै समस्यामा रहेका आफन्तहरुको गुनासो श्रोत केन्द्रमा दर्ता गर्न सकिन्छ । श्रोत केन्द्रले जिल्ला प्रशासन कार्यालय, सम्वन्धीत पालिकाको समन्वयमा बैदेशिक रोजगार वोर्ड मार्फत समस्या समाधान गर्ने अधिकृत अर्यालले बताउनुभयो । पछिल्लो समय भिजिट भिसामा विदेश जाने र पछि समस्यामा पर्ने गरेका धेरै गुनासोहरु आएकाले श्रोत केन्द्र मार्फत परामर्श जरुरी रहेको उहाँले बताउनुभयो । विदेश जानेहरुले ठगी, विराम, जेल, मेडिकल फेल, वेपत्ता, अंगभंग, मृत्यु जस्ता समस्या भोग्नुपरेको छ ।

 

श्रम स्विकृत लिएर सामाजिक सुरक्षामा आवद्ध कामदारहरुलाई सरकारले विभिन्न सुविधाहरु उपलब्ध गराउँदै आएकोछ । श्रम स्विकृतिको अवधिमा मृत्यु भएमा १० लाख क्षतिपुर्ति, छोराछोरीलाई अध्यननका लागि बार्षिक छात्रबृत्ति, अंगभंग भएमा अधिकत ७ लाखसम्म क्षतिपुर्ति पाउने कानुनी व्यवस्था छ ।

 

विदेशमा ज्यान गुमाउने कामदारको शव घरसम्म ल्याउने लगायतका सुविधाहरु बोर्ड मार्फत हुने गरेको अधिकृत अर्यालले बताउनुभयो । कामदारहरुले पाउने सुविधा बारे यथेष्ट जानकारी नहुँदा विचौलियाहरुले बदमासि गर्ने गरेकाले सम्वन्धीत व्यक्तिकै बैंक खातामा साहेता रकम उपलब्ध गराईने उहाँको भनाई थियो । सबै प्रक्रियाका लागि बोर्ड कार्यालय धाउन नपर्ने, श्रोत केन्द्रबाट सबै काम हुने उहाँले जानकारी दिनुभयो ।

 

श्रोत केन्द्रको एक कार्यक्रमका वीच जिल्ला समन्वय समितिका प्रमुख धरम जि.सी.ले उद्घाटन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *