प्यूठान । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत र नेकपा (मशाल) बिचकाे पार्टी एकता पछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्यूठान जिल्ला अधिबेशन गर्ने भएकोछ ।
कार्तिक १० र ११ गते जिल्ला अधिबेशन गर्ने जिल्ला संयोजक वीर बहादुर पुनले जानकारी दिनुभयो । जिल्ला अधिबेशन अघि वडा तथा पालिका अधिबेशन सक्ने उहाले बताउनुभयो ।
मङ्सिर १२ देखि २२ गते सम्म चल्ने एकता महाधिबेशनले जनताकाे जिबिकाकाे सन्दर्भमा ठाेस नीति तय गरि अगाडि बढ्ने सचिबालय सदस्य धनेश्वर पाेख्रेलले बताउनुभयो ।
शुक्रवार जुम्रीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पार्टी केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज टिकाराम पौडेलले जिल्ला हुँदै केन्द्रिय एकताको महाधिवेशनले पार्टीलाई बिचारमा थप बलियो बनाउने उल्लेख गर्नुभयो ।
