> राजनीति > मतदाता नामावलीको दाबी बिरोध गर्न समय तोकियो


मतदाता नामावलीको दाबी बिरोध गर्न समय तोकियो

प्युठान । निर्वाचन आयोग नेपालले मतदाता नामावली माथी दावी बिरोध गर्ने समय दिएको छ । आज जिल्ला निर्वाचन कार्यालय प्युठानले सरोकारवालासंग अन्तरकृया गरेर समय तालिका बारे जानकारी दिएको हो ।


भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली सच्याउन, दावी बिरोध राख्न सकिने जिल्ला निर्वाचन अधिकारी देबिराम पाठकले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यश बिषयमा राजनीतिक दल र पत्रकारले प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *