प्यूठान । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शनिवार (भोलि) प्यूठानको विजुवार आउँदै हुनुहुन्छ । पुस्तक विक्रिका लागि पूर्व–पश्चिम महाअभियान लिएर प्यूठान आउन लाग्नुभएको हो ।
पुनद्धारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक विक्रिका लागि अभियान सहित प्यूठान आउने कार्यक्रम रहेको छ ।
पुस्तक विक्रिबाट संकलित रकमबाट ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउने पुनले बताउनुभयो ।
प्रतिपुस्तक ७ सय ५० रुपैयाँमा बिक्री गरिएको छ । दाङ, रोल्पामा अभियान सकेर प्यूठानको भिंगृ, विजुवार, खलंगा हुँदै अर्घाखाँची जाने कार्यक्रम तय गरिएको पुनले बताउनुभयो । हालसम्म ७० हजार पुस्तक विक्रि भएको प्यूठान समाचारसँगको कुराकानीमा उहाँले जानकारी दिनुभयो ।