राजनीतिराष्ट्रियसमाज

प्यूठानमा ‘ल्यान्डस्लाईड भिक्ट्री’ भयो : सूर्य थापा

प्यूठान । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाले प्यूठानमा एमालेले ठूलो चुनौतीका बीच जित हासिल गरेको बताउनुभएको छ ।

 

 

निर्वाचन घोषणापछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले प्यूठानमा एक प्रकारको ‘ल्यान्डस्लाईड भिक्ट्री’ भएको बताउनुभयो । धेरै ठूलो मतान्तरमा जित हासिल गरेको भन्दै उहाँले उक्त जितलाई ‘ल्यान्डस्लाईड भिक्ट्री’ भन्न सकिने उहाँकाे भनाइ छ ।

 

विकासका निम्ती काम गर्ने प्रतिबद्धता
नव निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाले जिल्लाको विकासका लागि आफनो पहलकदमी रहने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले जनताको भावना अनुसार काम गरेर जिल्लाको विकासलाई गति दिने बताउनुभएको हो ।

 

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदातासँग भेट्दै उहाँले भन्नुभयो,‘मतदाताको आर्शिवादलाई कार्यकाल भरी सदैव आफ्नो मार्गदर्शनको रुपमा लिएर काम गर्नेछु ।’ सदरुमकाम खलंगा पार्टी चोकमा भएको कोण सभामा बोल्दै उहाँले जिल्ला पछाडी परेको र यसलाई विकासको उचाईमा पुर्‍याउन काम गर्ने बताउनुभयो ।

 

‘चुनाव लड्दा हामी विभिन्न पार्टीबाट उम्मेदवार भएर प्रतिस्पर्धा गरेका थियौ,’ उहाँले भन्नुभयो,‘चुनाव जितिसकेपछि हामी जिल्लाकै साँझा हौं, मिलेर काम गर्छौं ।’ निर्वाचनमा एक लाख ५९ हजार सात सय ६० मतदाता मध्ये ८८ हजार नौ सय ९८ मत खसेको थियो ।

 

Related Articles

Back to top button