राष्ट्रियसमाज

मतदाता विवरणको त्रुटी सच्याउन सकिने, वडा कार्यालयमा नामावली हेर्न सकिने

प्यूठान । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको छ । जस अन्र्तगत जिल्लाका सवै स्थानीय तहको वडा कार्यालयमा मतदाता नामावली प्रकाशन गर्न लागेको जनाएको छ ।

\

जिल्ला समन्वय समिति प्यूठानमा आयाेजित कार्यक्रम

जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले फागुन १९ देखि २३ गतेसम्म नामावली अद्यावधिकको कार्यतालिका बनाइएको बताउनुभयो । फागुन १९ गते नामावली प्रकाशन हुनेछ । त्यसपछि मतदाता नमावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सकिने, झुटा विवरण दिएर नामावली बनाएको भए विरोधमा उजुरी दिन सकिने, दोहोरो नामावली भएमा सच्याउन सकिने, मृत्यु भएकाहरुको नामावली हटाउन सकिने निर्वाचन अधिकारी श्रीवास्तवले जानकारी दिनुभयो ।

 

जिल्लामा नामावली अद्यावधिक गरेर फागुन २६ गतेसम्म निर्वाचन आयोगमा पठाउनेछ । निर्वाचन आयोगले चैत १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । जिल्ला निर्वाचन कार्यालयले आज एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेर हालसम्मको तयारीको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आसन्न निर्वाचनलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न बनाउनका लागि सवैलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनको सुरक्षामा प्रहरी प्रशासन सक्षम रहेको समेत बताउनुभयो । उहाँले मतदाता शिक्षाका लागि राजनैतिक दलले प्रभावकारी भूमिका खेल्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

Related Articles

Back to top button