> स्थानीय सरकार > नौबहिनी गाउँपालिको भवन उद्घाटन असोज २८ गते हुने


नौबहिनी गाउँपालिको भवन उद्घाटन असोज २८ गते हुने

महेश थापा
बाहाने । नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन असोज २८ गते हुने भएको छ । यसअघि असोज १६ गते उद्घाटन गर्ने मिति तय भएपनि मौषम प्रतिकुल भएपछि गाउँपालिकाले स्थगित गरेको थियो ।

 

असोज २८ गते घटस्थापनाको दिन पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट भवन उद्घाटन हुने मिति तय भएको प्रतिनिधि सभा सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *