> राजनीति > एमसिसीको विरोधमा प्यूठानमा प्रर्दशन


एमसिसीको विरोधमा प्यूठानमा प्रर्दशन

प्यूठान । मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) खारेजीको माग गर्दै प्यूठानमा प्रर्दशन गरिएको छ । राष्ट्रिय जनमोर्चा प्यूठानले बुधबार एमसीसीको विरोधमा जिल्ला सदरमुकाम खलंगामा र्‍याली सहित कोणसभा गरेको हो ।

 

राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले एससिसी राष्ट्रघाती भएको भन्दै त्यसको खारेज गर्न माग गर्दै विरोध प्रर्दशन गरिएको बताउनुभयो । उहाँले जनस्तरमा एससिसी खारेजीको माग व्यापक रुपमा उठेको भन्दै एमसिसी सम्झौता तत्काल नरोकिए जनता सडकमा उत्रिने चेतावनी दिनुभयो । राष्ट्रिय जनमोर्चाले निरन्तर एमसिसीको विरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *