महेश थापा
नौबहिनी । आज भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नौबहिनी गाउँपालिकाबाट ५८ प्रतिशत मत खसेको छ । कुल १९ हजार ७९८ मतदाता मध्ये ११ हजार ६ सय ८ मत खसेको तथ्यांक प्राप्त भएको छ ।
पालिकाका सवै मतदान केन्द्रमा तोकिएको समयमा मतदान भएको थियो ।

