प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकामा ५६ प्रतिशत मतदान भएको छ । आज भएको मतदानमा १० हजार ४४३ मतदाता मध्ये ५ हजार ९०६ मत खसेको प्यूठान समाचालाई जानकारी प्राप्त भएको छ । यद्यपी मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त तथ्यांकको पुष्टी गरिसकेको छैन ।
यसैबीच, मल्लरानी गाउँपालिकामा ६ हजार ७१८ मत खसेको छ । जुन कुल मतदाताको ५२ प्रतिशत हो । मल्लरानीमा १२ हजार ७३७ मतदाता रहेका छन् ।


